
एजेन्सी । शुक्रबार अमेरिकी ड्रोन हमलामा मारिएका इरानी सैन्य कमाण्डर कासिम सुलेमानीको अन्त्येष्टीका क्रममा भागदौड मच्चिँदा ३५ जनाको मृत्यु भएको छ । इरानी मिडियाहरुले उक्त भागदौडमा ३५ जनाको मृत्यु भएको पुष्टी गरेका छन् ।
भागदौडमा दर्जनौ व्यक्ति घाइते भएको जनाइएको छ । इरानको केर्मान शहरमा सुलेमानीको अन्त्येष्टी गर्ने क्रममा लाखौं सर्वसाधारणको सहभागिता रहेको थियो । सुलेमानीको शव केर्मान लैजाने क्रममा सो घटना भएको सञ्चारमाध्यामहरुले जनाएका छन् । केर्मान सुलेमानीको गृहनगर समेत हो । त्यही उनको अन्त्येष्टी गरिँदैछ । अमेरिकाले कमाण्डर सुलेमानीको हत्य गरेपछि उसको चौतर्फी विरोध भैरहेको छ ।