काठमाडौं । बालुवाटारको ललिता निवासको जग्गा प्रकरणमा मुछिएका शोभाकान्त ढकालको घरमा बम विस्फोट भएको छ । काठमाडौंको ढुंगेधारास्थित नर्सरी चोकमा रहेको ढकालको घरमा बुधबार साँझ बम विस्फोट भएको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीलेका अनुसार विस्फोटबाट ढकालको घरको पार्किङमा राखिएको कार र गेटमा क्षति पुगेको छ। साथै घरका झ्यालका सिसा फुटेका छन् ।
प्रतिबन्धित नेकपा विप्लव समूहले बालुवाटारमा रहेको ललिता निवासको ११५ रोपनी जग्गा कब्जाको घोषणा गरेको छ । सो पार्टीले कब्जा भएको जग्गा हाललाई पार्टी मातहत ल्याइएको पनि जनाएको छ । साथै बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने र बेच्ने योजनाको मुख्य योजनाकार भएकाले ढकालको घरमा सेवोटेज गरिएको विप्लव समूहले जनाएको छ ।