खरबुजामा प्रशस्त मात्रामा एल–सिट्रुलिन (L-citrulline), नामक एमिनो एसिड पाइन्छ । एल–सिट्रुलिन रुपान्तरण भएर एल–आर्गिनाइन (L-arginine) र नाइट्रिक अक्साइड (nitric oxide) मा परिणत भएपछि शरीरमा राम्रोसँग रक्त प्रवाह हुनलाई सहयोग गर्छ ।
नाइट्रिक अक्साइडले रक्तनलीहरुलाई खुकुलो बनाउन मद्दत गर्छ । शरीरमा नाइट्रिक अक्साइडको स्तर कम हुँदा मानसिक तथा शारीरिक थकान हुने तथा यौन दुर्बलता पैदा हुने हुन्छ । भियग्राले जस्तै खरबुजामा पाइने एल–सिट्रुलिनले पनि यौनांगहरुमा रक्तप्रवाहलाई बढाइदिन्छ । रोचक कुरा के छ भने यसको कुनै नकारात्मक असर पनि हुँदैन । यौन क्षमता बढाउने हुनाले कतिपय विज्ञहरुले त खरबूजालाई प्राकृतिक भियग्राको संज्ञा पनि दिने गर्छन् ।