काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अमेरिकाले नेपाललाई उपलब्ध गराउने मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) सहयाेग बारे सुझाव संकलन गर्न कार्यदल गठन गरेको छ । नेकपा भित्र एमसीसीबारे धेरै प्रश्न उठेपछि आज बसेको सचिवालय बैठकले वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा भीम रावल तथा प्रदीपकुमार ज्ञवाली सदस्य रहने गरी तीन सदस्यीय कार्यदल गठन गरेको हो ।

समितिलाई एमसीसीका विषयमा सहमति खोज्न १० दिनको समयसीमा तोकिएको छ । १० दिनको समयमा समितिले एमसीसीबारे जारी विवादको समाधानका पार्टी भित्र छलफल गर्ने र सुझाव संकलन गर्नेछ । केन्द्रीय कार्यसमिति बैठकमा नेताहरुले उठाएको प्रश्नमा जवाफ दिँदै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यदल गठन गर्ने घोषणा गर्नुभएको हो।

प्रतिक्रिया दिनुहोस !