काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी फच्र्युना इन्टरनेश्नल प्रालिको नाममा सञ्चालित सो रिसोर्टलाई ३ महिनासम्म होटल, रिसोर्ट तथा बारसम्बन्धी कुनै पनि कार्य गर्न नपाउने गरी मकवानपुरको दामनस्थित पानोरमा रिसोर्टलाई निलम्बन गरिएको जनाएको छ ।


तीन हप्ताअघि सोही रिसोर्टमा बसेका ८ भारतीय पर्यटकहरु बेहोस अवस्थामा भेटिएका थिए । बेहोस अवस्थामा भेटिएका उनीहरुको उपचारका क्रममा काठमाडौंमा निधन भएको थियो । विज्ञप्तिमा मन्त्रालयले सो घटनाको स्मरण गराउँदै पर्यटन ऐन २०३५ को दफा(१०) बमोजिम पर्यटन विभागबाट तोकिए बमोजिम स्तर बर्गीकरण नगराइएको आरोप लगाएको छ ।

प्रतिक्रिया दिनुहोस !