काठमाडौं । कतार सरकारले कारोना भाईरस (कोभिड १९) कोे संक्रमण फैलन नदिन नेपाली सँगै (१४) देश चीन, बंगलादेश, इजिप्ट, भारत, इरान, इराक, लेबनान, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, सिरिया र थाईल्याण्डका नागरिकले मार्च ९ (सोमवार) देखि नै कतार प्रवेश गर्न रोक लगाईएको छ ।
कतार सरकारले आफनो देशमा कोरोना भाइरस फैलिन नदिन यस्तो निर्णय गरिएको जनाएको छ । कतार सरकारले आफनो देश प्रवेशमा रोक लगाउने निर्णय गरेसँगै ३५ देखि ४० हजार नेपाली कामदारको भिसा प्रभावित हुने भएको छ ।

नेपालीको लागि रोजगारीको गन्तव्य मानिएको कतारमा चार लाख भन्दा बढी नेपाली कामदार कार्यरत छन् । कतारको पछिल्लो निर्णयले विजनेश सँगै भिजिट भिसामा कतार प्रवेश गर्ने पनि प्रभावित हुने देखिएको छ । कतारले आफ्ना देशका नागरिकलाई पनि सकभर बाहिरी मुलुक नजान आग्रह गरेको छ ।

यता कतारले नेपाली कामदार प्रवेशमा रोक लगाए सँगै कतार स्थित नेपाली राजदूतावासले पनि कतारमा कार्यरत नागरिकलाई अत्यावश्यक काममा बाहेक अन्य काममा बाहिर ननिस्कन सूचना जारी गरी आग्रह गरेको छ । राजदूतावासले जारी गरेको सूचनामा एक आपसमा कुरा गर्नु पर्दा भरसक भौतिक शरिर भन्दा टेलिफोन इमेलबाट सम्पर्क गर्नुहुन अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस !