भक्तपुर : पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको भक्तपुरस्थित घरमा प्रेसर कुकर बम विस्फोट भएको छ। भक्तपुर जिल्ला मध्यपुर थिमि लोकन्थली वडा नं १ स्थित मनहरा प्लानिङमा रहेको बाँस्कोटाको निर्माणधीन घरमा बुधबार बिहान बिहान अन्दाजी समय ७:५० बजे विष्फोट भएको प्रहरीले जनाएको छ।
स्थानीयका अनुसार ठूलो आवाजसहित बम विस्फोट भएको थियो । भक्तपुर प्रहरीका अनुसार विस्फोटबाट बाँस्कोटाको घरको पर्खाल र सिसाहरुमा क्षति पुगेको छ भने त्यहाँ राखिएको बा१९ च४७८१ नं को डेलिभेरी भ्यानको अगाडिको सिसा फुटेको छ । विस्फोटबाट छिमेकीहरुको घरमा समेत क्षति पुगेको छ । प्रहरीले बम विस्फोट कसले र किन गरायो भन्ने खुल्न नसकेको जानकारी दिएको छ ।