काठमाडौं । मिर्गौला प्रत्यारोपणका लागि शिक्षण अस्पताल भर्ना हुनु भएका प्रधानमन्त्री केपी शर्मा ओली डिस्चार्ज हुनुभएको छ ।
त्रिवि शिक्षण अस्पतालमा १२ दिन अघि उहाँ मिर्गौला प्रत्यारोपणका लागि भर्ना हुनुभएको थियो ।
प्रधानमन्त्री ओली डिस्चार्ज हुँदै गर्दा निकै हँसिलो मुद्रामा अस्पताल परिसरबाट बाहिरिएका थिए । १२ वर्ष अघि प्रधानमन्त्रीको पहिलाे पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । प्रधानमन्त्रीको डिस्चार्ज पछि त्रिवि शिक्षण अस्पतालद्वारा जारी विज्ञप्तिमा उहाँ नियमित फलोअपमा आउनु पर्ने र नियमित रुपमा चिकित्सकको निगरानीमा रहनु हुने उल्लेख छ ।