
काठमाडौँ । नेपाल राष्ट्र बैंकको नयाँ गर्भनरमा महाप्रसाद अधिकारी नियुक्त भएका छन् । गभर्नर छनौट सिफारिस समितिले गरेको सिफारिसका आधारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई राष्ट्र बैंकको गर्भनर नियुक्त गरेको हो । यसअघि गर्भनर सिफारिस समितिले अधिकारीसहित पूर्वअर्थसचिव डा. राजन खनाल र चिन्तामणि सिवाकोटीको नाम सिफारिस गरेको थियो ।
मन्त्रिपरिषद्ले चैत ९ गते अर्थमन्त्री डा. खतिवडाको संयोजकत्वमा सिफारिस समिति गठन गरेको थियो । समितिमा राष्ट्र बैंकका पूर्व गभर्नर विजयनाथ भट्टराई र नेपाल सरकारका पूर्व सचिव कृष्णहरि बाँस्कोटा रहेका थिए । सरकारको निर्णयसँगै अधिकारी राष्ट्र बैंकको १७ औं गभर्नर भएका छन् ।