काठमाडौँ । सरकारले लकडाउनको अवधि थप ८ दिन लम्ब्याई वैशाख तीन गतेसम्म गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो । यसअघि चैत २५ गते सम्म लकडाउन गर्ने निर्णय गरेको थियो । लकडाउन तोकिएको मितिभन्दा एक दिनअघि मन्त्रिपरिषद बैठकले लकडाउन लम्व्याउने निर्णय गरेको हो ।

सरकारले लकडाउनका बेला अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन भनेको छ । तर खाद्यान्‍न तथा अत्यावश्यक वस्तु र ठूला आयोजना सञ्‍चालन गर्न भने दिने निर्णय गरेको छ । कोरोनाका संक्रमित थप व्यक्तिहरु फेला परेसँगै सरकारले लकडाउनको अवधि वैशाख ३ गतेसम्मको लागि थपेको हो ।

प्रतिक्रिया दिनुहोस !