विश्व स्वास्थ्य संगठनले कोभिड–१९ संक्रमण फैलनबाट रोक्नका लागि लगाइएको प्रतिबन्ध र लकडाउनलाई बिस्तारै बिस्तारै मात्र हटाउनुपर्ने डब्ल्यूएचओका क्षेत्रीय निर्देशक (पश्चिमी–प्रशान्त) ताकेशी कसाईले बताएका छन् । विश्व स्वास्थ्य संगठनको यो वक्तव्य यस्तो बेला आएको हो जब थुप्रै देशले आफ्नो देशमा लागू गरेको लकडाउन हटाउनेबारे विचार गरिरहेका छन् । कतिले त लकडाउनलाई आंशिक रुपमा हटाइसकेका छन् ।
डब्ल्यूृएचओले यदि हतार गरेर वा सही समय अगावै लकडाउन हटाइए कोरोना संक्रमण बढ्ने चेतावनी दिएको छ । ताकेशी कसाईले भने, ‘कम्तीमा जबसम्म कुनै भ्याक्सिन बन्दैन वा उपचारको प्रभावकारी तरिका नखोजिए लकडाउन हाम्रो लागि ‘न्यू नर्मल’ हुनुपर्छ किनभने यसले फाइदा पुर्याएको प्रमाण भेटिएको छ ।’
उनले भने, ‘जो सरकारले लकडाउन हटाउन चाहन्छ, उनीहरुले बिस्तारै बिस्तारै यसो गर्नुपर्छ र लगातार निगरानी राख्नुपर्छ ।’ जापान र सिंगापुरजस्तो देशमा कोभिड–१९ संक्रमणको दोस्रो लहर देखिएको छ ।