कपिलबस्तु : कोरोना संक्रमितहरु बढ्दै जान थालेपछि कपिलबस्तु जिल्लालाई सिल गर्ने निर्णय भएको छ । सोमबार साँझ ५ बजेदेखि लागू हुने गरी जिल्लालाई शील गर्ने निर्णय भएको हो । । जोखिम बढेपछि सिल गर्ने निर्णय भएको हो । जिल्ला प्रशासन कार्यलयका तर्फबाट प्रजिअ पौडेलले जारी गरेको सूचना अनुसार यो निर्णय आज २९ गते साँझ ५ बजेदेखि जेष्ठ ५ गते राती १२ बजेसम्म लागु हुनेछ । जिल्लाको सुरक्षा समितिको बैठकले कपिलवस्तुलाई सिल गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिनु भयो ।

कपिलवस्तुमा सोमबार थप दश जना संक्रमित भेटिएका थिए । यो संगै अहिलेसम्म कपिलबस्तुमा संक्रमतिहरुको संख्या १५ पुगेको छ । संक्रमित सबैलाई थप उपचारका लागि बुटवलस्थित कोरोना बिशेष अस्पतालमा ल्याईएको छ । आज संक्रमित भेटिएकाहरु १२ दिन अघि भारतको महाराष्ट्रका बिभिन्न स्थानहरुबाट नेपाल भित्रिएका थिए । भित्रिए लगत्तै उनीहरु क्वारेन्टाईनमा थिए ।

प्रतिक्रिया दिनुहोस !