अछाम : जागिरबाट निकालेको भन्दै अछामको बयलपाटा अस्पतालका एकजना कर्मचारीले आफ्नै शरीरमा आगो लगाएका छन् । जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपक भारतीका अनुसार साफेँबगर नगरपालिकाका सिदार्थ आउजीले अस्पताल परिसरमा आफ्नो शरीरमा पट्रोल छर्केर आगो लगाएका हुन् ।

जागिर गुमेपछि आउजी तनावमा रहेको र त्यही कारणले शरीरमा आगो लगाएको हुनसक्ने प्रहरीको अनुमान छ । अस्पतालले केही समयअघि आर्थिक संकट परेको भन्दै कर्मचारीहरु हटाएको थियो । उनी अस्पतालमा सरसफाइ कर्मचारीका रुपमा कार्यरत थिए । उनलाई उपचारको लागि हेलिकप्टरमार्फत कोहलपुर पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस !