टंक कुवर, धनगढी
कैलाली । सुदूरपश्चिम प्रदेशमा एकै दिन ६४ जनामा कोभिड–१९ का संक्रमित थपिएपछि सक्रिय संक्रमितको संख्या २ सय २४ पुगेको छ । शनिबार सेती प्रादेशिक अस्पतालको कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणबाट थप ६४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो । यसअघि नै २६ जना संक्रमित निको भइ घर गइसकेका छन भने २ जना संक्रमितको मृत्यु भइसकेको छ । पुष्टि भएका मध्ये बझाङ्ग बित्थडचिर गाउँपालिका बस्ने वर्ष–२९ का १ जना महिला, वर्ष ८ का १ जना बालक, केदारस्यु गाउपालिका बस्ने वर्ष १८ र २४ का २ जना पुरुष, खप्तड छन्ना गाउपालिका बस्ने वर्ष ३२ का १ जना महिला रहेका छन् ।

त्यस्तै, डडेल्धुरा जिल्ला अमरगढी नगरपालिका बस्ने वर्ष ३२ का १ जना महिला, नवदुर्गा गाउँपालिका बस्ने वर्ष २७ का १ जना महिला र वर्ष १९ देखि ४० सम्मका २२ जना पुरुष रहेका छन् । त्यसैगरी, डोटी जोरायल गाउँपालिका बस्ने वर्ष २६ का १ जना महिला र वर्ष ४२ का १ जना पुरुष रहेका छन् । सायल गाउँपालिका बस्ने वर्ष ६० का १ जना पुरुष , कैलालीको चुरे गाउपालिका बस्ने वर्ष १८ देखि २६ का का ५ जना पुरुष छन् ।

धनगढी उपमहानगरपालिका बस्ने वर्ष ४४ र ४५ का २ जना पुरुष, गोदावरी नगरपालिका बस्ने वर्ष १९ का १ जना महिला र वर्ष २५ को १ जना पुरष, लम्की चुहा नगरपालिका बस्ने वर्ष ३४ का १ जना पुरुष र टिकापुर नगरपालिका बस्ने वर्ष २० का १ जना पुरुष रहेका छन् । कञ्चनपुर को पुनर्बास बस्ने वर्ष २५ र ३८ का २ जना पुरुष, लालझाडी गाउँपालिका बस्ने वर्ष १९, २२ का २ जना महिला र वर्ष १३ देखि ३४ वर्ष का १३ जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।

सामाजिक विकास मन्त्रालय अन्र्तगत सवास्थ्य निर्देशनालय डोटी ले हरेक दिन गर्ने मिडिया व्रिफिङ्गमा सो कुराको जानकारी दिएको हो । प्रदेशमा हाल सम्म हाल सम्म १०५६४ जनाको स्वाब नमुना संकलन गरिएको र ८६७८ जनाको जाँच गरिएको मध्ये ८४२६ मा नगेटिभ रिपोट आएको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्कीले जानकारी दिए ।

१८३६ जनाको रिपोट आउन बाँकी छ भने पोजिटिभ संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । कोभिड १९ का संक्रमितमध्ये अछाम मा १५, बैतडी ६, बझाङ्ग १४, बाजुरा २०, डडेल्धुरा ३९, दार्चुला १२, डोटी ९, कैलाली ८३, कंचनपुर ५४ गरी कूल संख्या २५२ पुगेको छ । यसमध्ये २६ जना निको भइ घर गएका छन् भने २ जनाको मृत्यु भएको छ । आरडिटी बिधिवाट ६१४४५ जनामा परीक्षण गरेको छ । ५८१७५ को नतिजा नेगेटिभ छ भने ३२७० जना आरडिटी पोजिटिभ भएको कार्कीले बताए । पोजिटिभ आएका हरुको पिसिआर बिधिबाट जाच हुने क्रम जारी रहेको उनले बताए ।

४९४८५ जना पुरुष र ९९४७ जना महिला क्वारेन्टिनमा रहेको उनले बताए । प्रदेशमा आईसोलेसन बेड संख्या २४९ रहेको र शंकास्पद २४ र संक्रमित १०३ गरी गरी १२७ जनालाई आईसोलेसनमा राखी उपचार भईरहेको उनले वताए । ३४४ जना भने सामान्य उपचार पछि घर गइसकेको उनले बताए । सेती प्रादेशिक अस्पताल धनगढीमा ३५, टिकापुर १५, महाकाली ३३, अछाम १२, बझाङ्ग १, डोटी २, बाजुरा १, डडेल्धुरा २, जोगबुढा १ र दार्चुला अस्पतालमा १ जना संक्रमितको उपचार भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस !