काठमाडौं । कोरोना महामारीको विश्वको अर्थतन्त्र डामाडोल भइरहेको अवस्थामा नेपालमा पहिलो घानमा चाही श्रमजीवी पत्रकारहरु पर्न थालेका छन् । केही दिन पहिला विभिन्न संचारगृहबााट सञ्चारकर्मीहरु हटाइएको खबर छ ।

कोभिड–१९ को महामारीका कारण सिर्जित आर्थिक मन्दीका कारण सञ्चारगृहहरु यस्तो अप्रिय निर्णय गर्न वाध्य भएको बताउँछन् । जानकारी अनुसार नयाँ पत्रिकाबाट झण्डै ४० जना पत्रकार र प्राविधिक, कान्तिपुरबाट ६०, नेपालन्युजबाट २७, उज्यालो नेटवर्कबाट ५ पत्रकार निकालिइसकेका छन् ।

यही महामारीबीच एभेन्युजसहित न्युज २४ ले पनि दर्जनौँ पत्रकारलाई बलपूर्वक बिदा गरेको बताइन्छ । पत्रकारहरुलाई कुनै आर्थिक प्याकेजविना निकालिएकोमा पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । उनीहरुको उचित व्यवस्थापना नगरे आन्दोलन गर्ने समेत महासंघका एक केन्द्रीय सदस्यले समावेशी अनलाइनलाई बताए ।

प्रतिक्रिया दिनुहोस !