
काठमाडौं : म्याद सकिएको पानी बिक्रि गरेको पाइएपछी भाटभटेनी सुपर मार्केटलाई कारवाही गरीएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भाटभटेनी सुपर मार्केटलाई ३ लाख रूपैयाँ जरिवाना समेत गरेको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमन टोलीले म्याद सकिएको पानी बिक्री गरिरहेको पाएपछि कारबाही स्वरुप जरिवाना गरेको बताएको छ । शुक्रबार विभागको अनुगमन टोलीले म्याद गुज्रेको पानी बिक्री गरिरहेको पाएको थियो । उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम कारबाही गरेको विभागले जनाएको छ ।