
चितवन : चितवनबाट प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवन जिल्ला इन्चार्ज लालबहादुर विसी ‘शार्दूल’सहित दलित मुक्ति मोर्चाका केन्द्रीय महासचिव रामलाल विक, होमबहादुर खड्का, भीमबहादुर श्रेष्ठ र दानबहादुर श्रेष्ठ छन् । पक्राउ परेकाहरुमाथि अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी नन्तीराज गुरुगंले जानकारी दिए ।
मिति २०७७/०४/१२ गते अं. २०;३० बजेको समयमा जि. चितवन राप्ति न.पा. ९ रसौली स्थित हुकुम भन्ने होम बहादुर खडकाको घर नजिकैबाट निम्न स्थान बस्ने निम्न बिप्लव कार्यकर्ता हरुलाई गोप्य सुचनाको आधारमा प्क्राउ गरिएको १) जि. चितवन राप्ति न.पा. ९ रसौली बस्ने बर्ष ३५ को हुकुम भन्ने हुम बहादुर खड्का (क्रान्तिकारी ट्रेड युनियन चितवन जिल्ला अध्यक्ष )। २) जि.दैलेख गुराँस गा.पा. ७ बस्ने बर्ष ३५ को लाल बहादुर बि.सि.(बिप्लव चितवन जिल्ला ईन्चार्ज ) । ३) जि. सुर्खेत उत्तर गंगा गा.पा. ८ बस्ने बर्ष ४६ को रामलाल बि.क. ( नेपाल दलित मुक्ति मोर्चा महासचिव ) ४) जि. चितवन भरतपुर म.न.पा. २८ बस्ने बर्ष ४४को भिम नारायण श्रेष्ठ । ५) जि. चितवन राप्ति न.पा. ९ रसौली बस्ने बर्ष २७ को दान बहादुर श्रेष्ठ ( नखुलेको ) ।