काठमाडौं । गीतसंगीतमा लागिरहेकी पूर्वेली गायिका कोपिला गौतम पण्डितले तीज पर्वलाई लक्षित गरी मेरै घरमा दर खाउँला भन्ने मौलिक तीज गीत सार्वजनिक गरेकी छिन । विगत लामो समयदेखि मलेसियामा बसेर पत्रकारितामा समेत संलग्न कोपिलाले हरेक वर्ष नयाँ तीज गीत लिएर आउने गरेकी छिन । गोविन्द मधुर आचार्यको शव्द तथा संगित रहेको सो गीतमा कोपिलाको एकल स्वर रहेको छ ।

गायिका गौतमले गीतको म्युजिक भिडियो आफनै युटयुब च्यानलबाट सार्वजनिक गरेकी छिन् । भिडियोमा चर्चित मोडेल करिष्मा ढकालले अभिनय गरेकी छिन । लोकगीतका चर्चित निर्देशक शंकर विसीले गीतको भिडियो निर्देशन गरेका छन् । इलाममा जन्मेकी गोरखा घर भएकी कोपिलाले लोकदोहोरीमा छुट्टै पहिचान बनाएकी छिन् । कोपिला गीतसंगीतको अलवा नेपाली कृषिलाई आधुनिकीकरण गर्नुपर्छ भनेर आफ्नो पति रमेश पण्डितसंगै खेतवारीमा समेत भेटिन्छन ।

प्रतिक्रिया दिनुहोस !