काठमाडौँ। लकडाउन खुलेसँगै काठमाडौँ उपत्यकासहित देशैभर कोरोना संक्रमितहरुको संख्या पनि दिनानुदिन बढेपछि सरकारले भाइरस संक्रमण नियन्त्रण गर्न फेरी लकडाउन गर्ने संकेत गरेको छ । लकडाउनपछि यातायातको सहज सञ्चालन हुँदा मानिसहरु घरबाहिर निस्कने क्रम बढेको र कोरोना संक्रमितहरुको संख्या दिनानुदिन बढ्दै गएपछि गृह मन्त्रालय जोरबिजोर प्रणाली समेत लागू गर्ने तयारीमा छ ।

गृह मन्त्रालयका एक अधिकारीका अनुसार जोरबिजोर प्रणाली लागू गर्न स्वास्थ्य मन्त्रालयले गृहमन्त्रालयलाई चिठी समेत पठाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले भने, ‘यस विषयमा आवश्यक छलफल भइरहेको छ ।’ स्वास्थ्य मन्त्रालयले पुन जोरबिजोर प्रणाली लागू गर्न भन्दै चिठी पठाएको हो । पछिल्लो समय बालुवाटारमा प्रत्येक दिन ‘इनअफ इज इनअफ’ अभियान्ताहरुले प्रदर्शन गरिरहेका छन् । त्यहाँ पुग्ने जो कोहीलाई पनि कोरोना भाइरसको जोखिम रहेको चिकित्सकहरु बताउँछन् । उपत्यकाको विभिन्न ठाउँमा हुने जुलुसबाट प्रहरी हेडक्वार्टरमा कोरोना संक्रमण फैलिएको प्र्रहरीका केन्द्रीय प्रवक्ता कुवेर कठायतले बताए । कठायतका अनुसार उपत्यकासहित देशभर आइतबार बिहानसम्म २५३ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस !