कुवेत । खाडी मुलुक कुवेतले भारत र चीनसमेत ३० भन्दा बढी मुलुकका यात्रुलाई कुवेत प्रवेशमा रोक लगाएको छ । कुवेती नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकले सबै विमानसेवा कम्पनीहरूलाई एक पत्र लेख्दै सरकारको उक्त आदेश पालना गर्न आग्रह गरेका छन् ।

कुवेत सरकारले सार्वजनिक गरेको पछिल्लो सूचीमा समावेश मुलुकहरूमा नेपालसहित भारत, इरान, चीन, ब्राजिल, कोलम्बिया, आर्मेनिया, बङ्गलादेश, फिलिपिन्स, सिरिया, स्पेन, सिङ्गापुर, बोस्निया हर्जगोभिना, श्रीलङ्का, इराक, मेक्सिको, इन्डोनेसिया, चिली, पाकिस्तान, इजिप्ट, लेबनान, हङकङ, इटाली, मोल्डोभा, पनामा, बेरुतसमेतका छन् ।

कुवेतले व्यावसायिक उडानहरू आंशिक खुला गरिएकै दिन कुवेत सरकारले नयाँ प्रतिबन्धहरू घोषणा गरेको खालिज टाइम्सले जनाएको छ । समाचारअनुसार कुवेत अन्तर्राष्ट्रिय विमानस्थल शनिबारदेखि करिब ३० प्रतिशत खुला हुनेछ । कुवेतमा करिब ७० हजार नेपाली कार्यरत छन्। अमेरिकी जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कुवेतमा हालसम्म ६७ हजार ४४८ जनामा कोरोना सङ्क्रमण देखिएको र ४५३ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !