
काठमाडौं । नेपाल पत्रकार महासङ्घले महासङ्घका पूर्वकेन्द्रीय सदस्य तथा हुम्ला शाखाका संस्थापक सभापति अग्रज पत्रकार जयबहादुर रोकायाको निधनप्रति दुःख व्यक्त गरेको छ । पत्रकार रोकायाको यही साउन १७ गते हुम्लाको सिमकोट गाउँपालिका–५ कालिञ्चोकस्थित निवासमा ६२ वर्षको उमेरमा निधन भएको हो ।
महासङ्घका महासचिव रमेश विष्टले शोक विज्ञप्तिमार्फत पत्रकार रोकायाको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक अनुभवी र जुझारु पत्रकार गुमाउनुका साथै हुम्ला शाखाले असल अभिभावक गुमाएको उल्लेख गरेका छन् । हुम्ला र समग्र कर्णाली क्षेत्रमा व्यावसायिक पत्रकारिताको विकासका लागि उल्लेख्य योगदान पु¥याउनु भएका रोकाया विसं २०५० देखि पत्रकारितामा सक्रिय हुनुका साथै लामो सयम कान्तिपुर दैनिकमा कार्य गरेका थिए ।
महासङ्घले स्व रोकायाप्रति श्रद्घाञ्जलि अर्पण गदै दिवङ्गत आत्माको चिरशान्तिको कामना र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ । स्व.रोकायाका दुई श्रीमती, चार छोरा र एक छोरी रहेका छन् ।