काठमाडौँ । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्टलाई नियुक्त गर्ने निर्णय भएको छ । मन्त्रिपरिषदको सोमबार बालुवाटारमा बसेको बैठकले सो निर्णय गरेको हो । राष्ट्रिय योजना आयोगका सदस्य रहनुभएका सुदूरपश्चिमको डडेल्धुरा पुर्ख्याैली घर भएका भट्ट लामो समयदेखि काठमाडौँमा बस्दैआउनुभएको छ ।

बोर्डका तत्कालीन प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी नेपाल राष्ट्र बैङ्कको गभर्नरमा नियुक्त हुनुभएपछि लगानी बोर्डको प्रमुख पद खाली थियो । सो पदमा भट्टलाई नियुक्त गर्ने निर्णय भएको हो । लगानी बोर्डको सीईओ सिफारिस गर्न गठित अर्थमन्त्री डा.युवराज खतिवडा संयोजकत्वको समितिले सुशील भट्ट, डा.सरोज कोइराला र रामकृष्ण खतिवडाको नाम मन्त्रीपरिषद्मा सिफारिस गरेको थियो ।
त्यसैगरी, मन्त्रिपरिषद बैठकले वरिष्ठ सहसचिव वीरबहादुर राईलाई नेपाल सरकारको सचिवमा बढुवा गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस !