नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सचिव बलराम बानियाँको निधनप्रति नेपाल पत्रकार महासंघ दुःख व्यक्त गरेको छ । महासंघ बानियाँको मृत्यु रहस्यमय ढंगले भएको भन्दै महासंघले छानविन गरी सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गरेको छ । ‘पत्रकार बानियाँले पत्रकारिता क्षेत्रमार्फत लोकतन्त्र, मानव अधिकार, विधिको शासन, प्रेस स्वतन्त्रता, पत्रकार सुरक्षा तथा नागरिक अधिकारको पक्षमा पु¥याउनु भएको अतुलनीय योगदानको उच्च कदर गर्दै महासंघ दिवंगत बानियाँप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछ । साथै, शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना समेत व्यक्त गर्दछ’, महासंघका महासचिव रमेश विष्टले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

विगत तीन दशकदेखि नेपाली पत्रकारिता जगतमा महत्वपूर्ण योगदान पु¥याएका बानियाँ पछिल्लो समय कान्तिपुर राष्ट्रिय दैनिकको सहायक सम्पादकका रुपमा कार्यरत थिए । केही दिनदेखि काठमाडौंबाट सम्पर्कविहीन रहेका बानियाँकोे शव मकवानपुरको सिस्नेरीस्थित माण्डु जलविद्युत आयोजना स्थलमा भेटिएको प्रहरीले जनाएको छ । तनहुँ घर भएका बानियाँ कान्तिपुर दैनिकका सहायक सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस !