स्वास्थ्यको कारण जापानी प्रधानमन्त्रीद्वारा राजिनामा

जापानी प्रधानमन्त्री सिन्जो आबेले राजिनामा दिएका छन् । स्वास्थ्यको कारण उनले राजिनामा दिएको बिबिसीले जनाएको छ । जापानका स्थानीय संचारमाध्यमलाई उधृत गर्दै बिबिसीले प्रधानमन्त्री आबेले आफ्नो स्वास्थ्यका कारण राजिनामा दिएको उल्लेख गरेको छ ।

उनी ‘अलसेरेटिभ कोलाइटिस’ रोगबाट केही वर्ष अघिदेखि पीडित छन् र अहिले पछिल्लो समय उनीमा यस समस्याले थप च्यापेको बताइएको छ । ६५ वर्षिय आबेले आफ्नो सरकारले भोगिरहेको समस्या हटाउन समेत चाहेको बिबिसीले जनाएको छ । उनी सन २०१२ देखि निरन्तर जापानको प्रधानमन्त्री रहेको छन् ।


सम्बन्धित शिषर्कहरु