काठमाडौं । ललितपुरको पुल्चोकमा रहेको रातो मच्छिन्द्र नाथको रथ हटाउने क्रममा स्थानीय र प्रहरीबीच झडप भएको छ । स्थानीय प्रशासनको वेवास्ता गर्दै रथ तान्न खोजेपछि प्रहरी र स्थानीयबीच झडप भएको हो । झडपपछि प्रहरी र स्थानीयबीच ढुंगामुढा समेत भएको थियो । दोहोरी हानाहानमा थुप्रै घाइते भएका छन् । स्थानीयले पानीको फोहोरा हान्ने गाडीसमेतलाई रोकेर ढुगांमुढा गरेका थिए ।

प्रहरीले पानीको फोहोरा हान्दा समेत वेवास्ता गरेपछि लाठचार्ज गर्नुपरेको ललितपुर प्रहरीले जनाएको छ । कोभिड १९ का कारण सरकारले भेला भएर विभिन्न चाडपर्व मनाउन निषेध गरेको छ । विहानैदेखि स्थानीयहरुले कोरोनाको सुरक्षित मापदण्ड बनाई रथयात्रा गर्नुपर्ने माग गदैँ प्ले कार्ड सहित प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !