
काठमाडौं । ललितपुरको पुल्चोकमा रहेको रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा भएको झडपमा एकजना प्रहरीमाथि निर्घात घुटपीट भयो । यसरी निर्दोष माथि हुने कुटपीटले मात्र होइन, अहिले समाजमा वदीधारीमाथि हेरिने व्यवहार नै फरक छ ।
आम्दानीको हिसावले पनि दुईजनाको जीवनयापन गर्न धौधौ पर्ने बर्दीधारी जागिरमा मानिसहरुको आकर्षण अहिले पत्याउन पनि नसकिने गरी घटेको छ । राज्यको हेपाहा व्यवहार र बर्दीधारी संगठनकै हाकिमहरुको मनोमानीले गर्दा सेना, प्रहरी र सशस्त्रजस्ता संगठनमा प्रवेश गर्न चाहने युवा पुस्ता अन्यत्र आकर्षित भइरहेका छन् ।
पहिला–पहिला माग भएको भन्दा आधा संख्यामा परीक्षार्थीहरु उत्तीर्ण हुनेमा अहिले सशस्त्र प्रहरीमा माग भएको भन्दा केही संख्या थपेर पास गराइएका छन् । सशस्त्रले ५८ जना इन्स्पेक्टरको आवेदन गरेकोमा गुणस्तरीय आवेदन नपर्ने सामान्य ज्ञान र लिखितमै गुल्टिने अवस्थाबीच लोकसेवाले ६५ जनालाई उत्तीर्ण गरिदिएको छ । तीमध्ये कतिपय विभिन्न समावेशी कोटामा परेका छन् भने सात जना वैकल्पिक सूचीमा छन् ।