काठमाडौं । नेकपाको स्थायी कमिटिको आजको बैठक सम्पन्न भएको छ । धानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले अध्यक्ष केपी ओली सरकारको काममा केन्द्रीत हुने र प्रचण्ड कार्यकारी अध्यक्षको भूमिका सहित पार्टीको नेतृत्वमा रहने निर्णय भएको छ । बैठकले अध्यक्ष द्वयले प्रस्तुत गर्नु भएको प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ ।

बैठकले सरकारको काम कारबाहीमा पार्टीले हस्तक्षेप नगर्ने तर महत्वपूर्ण मुद्धा र विषयमा भने पार्टीसँग समन्वय गरेर मात्रै निर्णयमा पुग्ने निर्णय गरेको छ । सरकारले राष्ट्रिय महत्वको निर्णयहरु गर्दा पार्टीको नीति अनुसार गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । साथै पार्टीको महाधिवेशन २०७७ चैत २५ देखि ३० गतेसम्ममा काठमाडौमा आयोजना गर्ने निर्णय गरेको र कार्तिक १५ गतेसम्म केन्द्रिय कमिटीको बैठक आयोजना गर्ने प्रस्ताव पारित गरेको छ ।

बैठकले नेपाल भारत सीमा समस्या समाधानका लागि सरकारले गरेका प्रयासहरुलाई सकारात्मक रुपमा लिँदै अतिक्रमणमा परेको भूमिमा नेपालको भोगचलन र भारतीय सेना फिर्ताका लागि वार्ताबाट आवश्यक पहल गर्न सुझाव दिएको छ । अमेरिकी सहयोग परियोजना एमसीसीलाई आवश्यकता अनुसार संशोधन र परिमार्जन गरी अनुमोदन गर्ने निर्णय पनि नेकपाले गरेको छ । कोभिड-१९ नियन्त्रण, रोकथाम र उपचारका लागि सरकारले गरेका कामहरु सकारात्मक रहेको बैठकले निष्कर्ष निकालेको छ । अझै प्रभावकारी नियन्त्रण र उत्पन्न परिस्थितिको सम्बोधनका लागि राष्ट्रिय एकताका साथ अगाडी बढ्न सरकारलाई बैठकले सुझाव दिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस !