काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४३१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यसअघि शुक्रबार एकैदिन ६९६ जनामा कोरोना पुष्टि भएको थियो ।
शनिबारघटेर ४३१ जनामा मात्र संक्रमण पुष्टि भएको शनिबारको नियमित प्रेस व्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

आज काठमाडौँमा ३७७ जनामा संक्रमण पुष्टि भएको छ भने ललितपुरमा ३७ र भक्तपुरमा १७ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर १२०१ नयाँ संक्रमित थपिएका हुन् । योसँगै देशभर संक्रमितको संख्या ५२ हजार १२० पुगेको छ । १० हजार १०६ जनाको पीसीआर परीक्षण भएकोमा ४ सय १६ महिला र ७८५ जना पुरुषमा संक्रमण देखिएको हो ।

प्रतिक्रिया दिनुहोस !