पाँचतारे होटल टाइगर प्यालेसका मजदूर आन्दोलित

बुटवल । रुपन्देहीको तिलोत्तमामा नगरपालिका–१३ कोटहिवामा सञ्चालित पाँचतारे होटल टाइगर प्यालेस रिसोर्टका कर्मचारीहरुले आन्दोलन शुरु गरेका छन् । अष्ट्रेलियन सिलभर हेरिटेज कम्पनीको लगानीमा सञ्चालित सो होटलले दुई वर्षे करार सम्झौता सकिएको भन्दै कर्मचारीहरुलाई इमेलबाट पत्र पठाएर विदा दिएपछि कर्मचारी आन्दोलनमा उत्रिएका हुन् ।

होटलका जनरल म्यानेजरदेखि तल्लो तहमा कार्यरत ४ सय ३३ कामदारलाई निष्कासन गरेपछि आन्दोलन गर्नुपरेको कर्मचारी युनियनका अध्यक्ष रोसन गुरुङ्गले बताए । उनले निश्काशन गरिएका कर्मचारीहरुलाई पुनरबहाली गर्ने प्रकृया अगाडि बढाउन दबाब दिइएको बताए । उक्त रिसोर्टमा क्यासिनो समेत सञ्चालित थियो । सेप्टेम्बर ९ तारिखमा पठाइएको इमेलमा करार सम्झौता नविकरण नहुने भएकाले आफ्नो व्यवस्थापन आफैं गर्न र भविष्यमा होटेल खुलेपछि कर्मचारी माग हुँदा उपयुक्त पदमा आवेदन दिन सकिने उल्लेख छ ।

६ अर्बभन्दा बढी लगानीमा चार वर्षअघि तिलोत्तमा नगरपालिका–१३ कोटहिवामा १४ विगाह क्षेत्रफलमा पाँचतारे होटेलका रुपमा टाइगर वान प्रा.लि.अन्तर्गत टाइगर प्यालेस रिसोर्ट सञ्चालनमा आएको थियो ।


सम्बन्धित शिषर्कहरु