काठमाडौँ : सिपाही वार्षिक–२०७६ र शिवपुरी जर्नलमा प्रकाशित मध्ये सहायकरथी सन्तोषबल्लभ पौडेलको नेपाली सेनाको पुर्नसरचना सम्वन्धी लेख÷ रचना उत्कृष्ट घोषित भएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले सैनिक मुख्यालय जङगीअड्डामा आज आयोजित कार्यक्रममा ती दुई वार्षिक प्रकाशनमा छापिएका लेखकमा प्रथम हुने प्रवक्ता एवं सहायकरथी पौडेललाई रु ५० हजार नगद पुरस्कार र कदरपत्र प्रदान गर्नुभयो ।

ती जर्नलमा छापिएकामध्ये प्रमुख सेनानी अनिलकुमार बुढाथोकीको नेपालको वाणिज्य तथा पारवहन सन्धी सम्बन्धी तथा प्रमुख सेनानी सुधिरप्रताप सिंहको एशिया प्रशान्त रणनीति विश्लेषण र मार्गचित्र सम्वन्धी लेख क्रमश ः द्वितीय र तृतीय घोषित भए । समारोहमा द्वितीय र तृतीय हुने लेखकलाई क्रमश ः रु ३५ हजार र रु २५ हजार नगद पुरस्कार प्रदान गरियो ।

त्यस अवसरमा सात जना लेखकलाई सान्त्वना पुरस्कार स्वरुप जनही रु १०÷१० हजारसहित कदरपत्र प्रदान गरियो । प्रकाशित जर्नलमध्ये सिपाहीमा ३५ र शिवपुरीमा सात लेख रचना प्रकाशित छन् । रणनैतिक र सैनिक महत्वका विषयमा लेख रचना प्रेषित गर्दै प्रत्येक वर्ष प्रकाशन हुदै आएको यी जर्नलले बौद्धिक र संस्थागत विकासमा योगदान पु¥याउदै आएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।––

प्रतिक्रिया दिनुहोस !