कोराना भाइरस (कोभिड १९)को सङ्क्रमण आज एक हजार १७० जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विगत २४ घण्टामा ३९९ महिला र ७७१ पुरुषमा सङ्क्रमण देखिएको बताउनुभयो । उहाँका अनुसार १० हजार ८७८ जनामा गरिएको पिसिआर परीक्षणमा एक हजार १७० जनामा सङ्क्रमण देखिएको हो ।

आज देखिएकासँगै नेपालमा अहिलेसम्म सङ्क्रमितको सङ्ख्या ५५ हजार ३२९ पुगेको छ । त्यस्तै अहिलेसम्म कूल आठ लाख ५१ हजार ४०५ जनामा पिसिआर परीक्षण गरिएको छ । यस्तै विगत २४ घण्टामा ८७९ जना डिस्चार्ज भएका छन । हालसम्म ३९ हजार ५७६ जना डिस्चार्ज भएका छन । कोभिड १९ जितेर ७१.५४ प्रतिशत सङ्क्रमित घर फर्किसकेका छन । यस्तै सङ्क्रमितमध्ये १५ हजार ३९३ सक्रिय छन । यस्तै सात हजार २७५ होमआइसोलेसन, आठ हजार ११८ संस्थागत आइसोलेसन र छ हजार ८९२ जना क्वारेन्टिनमा छन ।

यसैगरी सङ्क्रमितमध्ये सघन उपचार कक्ष (आइसियु)मा १७९ र भेन्टिलेटरमा २९ जना रहेका छन । आइसियुमा प्रदेश नं. १ मा पाँच, प्रदेश नंं २ मा नौ, वागमतीमा १२९, गण्डकीमा छ, प्रदेश नंं ५ मा २० जना र कर्णाली प्रदेशमा १० जना छन । यस्तै भेन्टिलेटरमा प्रदेश नं. १ मा एक, वागमतीमा २६, प्रदेश नं. ५ मा एक र सूदुरपश्चिम प्रदेशमा एक जना रहेका छन ।

सात जिल्ला संक्रमण शून्य

मन्त्रालयका प्रवक्ता डा. गौतमा अनुसार ५०० भन्दा बढी सङक्रमित भएका सात जिल्ला मोरङ, सुनसरी, सर्लाही, काठमाडौ, चितवन, भक्तपुर र रुपन्देही छन् । सङ्क्रमति शुन्य रहेकामा सोलुखुम्बु, मनाङ, मुस्ताङ, म्याग्दी, डोल्पा, मुगु र हुम्ला रहेका छन् । —

प्रतिक्रिया दिनुहोस !