काठमाडौं । बेलायती महारानी एलिजाबेथले ५१ वर्षअघि नेपालका तत्कालिन राजालाई उपहार दिएको एउटा जहाज घिसार्दैै–घिसार्दै नारायणहिटी पु¥याइएको छ ।
नेपालमा भर्खरै व्यवस्थित हवाई सेवाको शुरुवात हुँदै गर्दा भ्रमणमा आएकी महारानीले सन् १९७० को दशकमा राजपरिवारलाई विभिन्न भ्रमण र सवारीका लागि सहज होस् भनी उपहारस्वरुप दिएको त्यही जहाज हो, गत शुक्रबार राति २ बजे नारायणहिटी पुगेको ।

पूर्वराजपरिवारले प्रयोग गरेका सामाग्रीहरूको सार्वजनिक प्रदर्शनका लागि तयार पारिएको संग्रहालयमा राख्न उक्त जहाज लगिएको हो । तर, यो जहाजको अन्तर्कथा सुन्दा देशप्रेमीहरूको चित्त निकै नै कुँडिनेखालको छ । पाइलट जर्नेल सतिशविक्रम शाहका अनुसार, उनी र सुवर्ण बिष्टले अन्तिम पटक यो जहाज उडाएका थिए । ०७२ सालको भूकम्पताका पोखराको निम्ति उडान गरेको उक्त जहाज त्यसयता थन्क्याइँदै आयो ।

इञ्जिन र विभिन्न पार्टपुर्जाहरूको आयु सकिएपछि नयाँ–नयाँ सामान फेर्ने काम त भयो, तर उडान भएन । यसरी मर्मतमा मात्रै सरकारी ढुकुटीको २७ करोड रुपैयाँ खर्च गरेर पनि नउडेको जहाज हो त्यो । तर, यति ठूलो रकमको दुरुपयोगबारे अहिलेसम्म राज्यका कुनै निकायले छानवीन गर्न सकेको छैन । बरु, सार्वजनिक प्रदर्शनमा राख्नका लागि नारायणहिटी लगिएको छ ।

यो जहाज आएपछि बल्ल नेपालमा पुमा हेलिकोप्टर भित्रियो । अहिले प्रदर्शनका लागि लगिएको उक्त जहाज लिलाम बिक्रि गरेर केन्या लैजाने तयारी थियो । त्यसका लागि सम्बन्धित एजेण्टले १० प्रतिशत अग्रिम डिपोजिट राखिसकेका थिए । लिलाममा यसको मूल्य थियो, डेढ करोड । पछि केन्याको सरकार ढल्यो । र, बिक्री प्रकरण त्यत्तिकै सेलायो । योसहित १५ मध्ये तीन वटा जहाज र हेलिकोप्टर बिक्रि भएर करिब ४० करोड राजस्व जम्मा भएको छ । कुनै हेलिकोप्टर भैरवनाथ गणमा त कुनै छाउनीस्थित सैनिक संग्रहालयमा लगिएको छ । जनआस्थाबाट

प्रतिक्रिया दिनुहोस !