काठमाडौँ : प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संविधान दिवस (असोज ३) का अवसरमा प्रदान गरिने मानपदवी, अलङ्कार र पदकको टुङ्गो लगाएको छ । यो वर्षपनि गृह मन्त्रालयको सिफारिश र प्रधानमन्त्रीको अनुमोदनमा ४५० जनाभन्दा बढीलाई पदक तथा अलङ्कार वितरण गर्ने योजना बनेको छ ।

राष्ट्रको गौरव बढाउन, उन्नति र कीर्तिमानी राख्न विभिन्न क्षेत्रबाट महìवपूर्ण योगदान पु¥याउने महानुभावलाई प्रदान गरिने मानपदवीमा दाङमा ड्रागन फ्रुट खेती गर्दै आएका पूर्व पर्यटनमन्त्री लोकेन्द्र विष्टलाई पनि पदक दिने निर्णय गरिएको छ ।

गृह मन्त्रालयले नियमावलीमा व्यवस्था भए अनुसार एक सय जनालाई मानपदवी, ५० जनालाई अलङ्कार र ५० जनालाई पदक सिफारिस गरेको जनाइएको छ । संविधान दिवसमा एक जनालाई नेपाल रत्नसहित राष्ट्र गौरव, राष्ट्रद्वीप, जनसेवाश्रीमा प्रथम, द्वितीय, तृतीय र चौथो प्रदान गरिन्छ ।

यसपटक कोभिड–१९ महामारीका क्षेत्रमा महìवपूर्ण योगदान पु¥याउने धेरै पदक स्वास्थ्यकर्मीहरूलाई पदक प्रदान गर्न लागिएको स्रोतको दाबी छ । चिकित्सकहरूमध्ये वरिष्ठ नेत्र विशेषज्ञ सन्दुक रुइतलाई र हालै अवकाश भएका अख्तियार प्रमुख नवीन घिमिरेलाई पनि ठूलै पदक दिने निर्णय छ । यसपटक ४५० जनाभन्दा बढीले मानपदवी पाउने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस !