काभ्रे : कोरोना संक्रमण असरका कारण काभ्रे पाेष्टका सम्पादक विष्णु चौंलागाईंको आज बिहान ४ बजे निधन भएको छ । केही समयअघि कोरोना संक्रमण पुष्टि भएपछि उनलाई उपचारार्थ ओम अस्पतालमा भर्ना गरिएको थियो ।
निको भएपनि, दश दिनअघि कोरोना परीक्षण नेगेटिभ आएपनि चौंलागाईंलाई अस्पतालमै राखिएको थियो । परीक्षण नेगेटिभ आएपनि संक्रमणले फोक्सो र कलेजोमा गम्भीर असर पुर्याएको कारण उनको निधन भएको बताइएको छ । अत्यन्तै मिहिनेती ३५ वर्षदेखि पत्रकारितामा सक्रिय चौंलागाईं ५१ वर्षका थिए ।