न्युयोर्क : संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेसले टर्कीमा भूकम्पबाट भएको जनधनको क्षति प्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले पश्चिमी टर्कीमा आएको भूकम्पबाट भएको नागरिकको मृत्यु तथा भौतिक क्षतिको समाचारले आफूलाई निकै दुःख लागेको बताउनुभएको हो ।

राष्ट्रसंघीय महासचिव गुटर्रेसका प्रवक्ता स्टेफन गुटर्रेसले प्रकाशन गरेको विज्ञप्तिमा सो भूकम्पले पश्चिमी टर्कीमा भएको क्षतिले महासचिव गुटर्रेसलाई निकै नै दुःख लागेको बताउनुभएको जानकारी गराइएको छ ।

शनिबार बिहान पश्चिमी टर्की र ग्रिक टापूमा बढी प्रभाावित गर्ने गरी आएको भूकम्पले ठूलो क्षति पुर्याएको बताइएको छ । प्राप्त पछिल्लो समाचारअनुसार उक्त भूकम्पबाट अहिलेसम्म कम्तीमा पनि १७ जनाको ज्यान गइसकेको छ । त्यस्तै सो भूकम्पमा परी करिब ७६३ जना घाइते भएका छन् ।

घाइतेमध्ये अधिकांशको अवस्था पनि गम्भीर रहेको बताइएको छ । उद्धारमा अटेका अधिकारीहरुले यस भूकम्पमा परी भएको क्षतिको पूर्ण विवरण आउन नसकेको बताएका छन् । (रासस÷एएनआई)

प्रतिक्रिया दिनुहोस !