काठमाडौँ : नेपाल प्रज्ञा–प्रतिष्ठानले आफ्ना प्रकाशनहरू सातै प्रदेशका सबै जिल्लामा बिक्री वितरण गर्न सक्ने आधिकारिक सञ्जाल बनाएको छ । आधिकारिक विक्रेता छनोटका लागि प्राप्त बोलपत्रदातामध्ये मकालु प्रकाशन गृहले बिक्री वितरणको जिम्मेवारी पाएसँगै प्रकाशनहरु देशका सबै भाग र विदेशमा समेत पुग्न सहज हुने भएको हो ।

सम्झौतापत्रमा प्रतिष्ठानका सदस्य–सचिव प्रा जगतप्रसाद उपाध्याय र प्रकाशन गृहका प्रबन्ध निर्देशक वासुदेव ढकालले हस्ताक्षर गर्नुभएको छ । सदस्यसचिव प्रा उपाध्यायले देशका सबै प्रदेशअन्तर्गतका जिल्ला र विदेशमा समेत पु¥याउन सो प्रकाशनलाई आग्रह गर्नुभएको प्रतिष्ठानका सञ्चार तथा डायास्पोरा संयोजक शशी लुमुम्बूले जानकारी दिनुभयो । प्रज्ञा–प्रतिष्ठानले प्राज्ञिक गौरवका रूपमा रहेका नेपाली बृहत् शब्दकोषका साथै भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र, सामाजिकशास्त्रलगायतका विषयसँग सम्बद्ध ग्रन्थ र पत्रपत्रिका प्रकाशन गर्दै आए पनि तिनले उचित बजार नपाएको गुनासो हुँदै आएको थियो ।
–––

प्रतिक्रिया दिनुहोस !