
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ११७७ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । संक्रमितमध्ये काठमाडौँमा १००१, ललितपुरमा १०९ र भक्तपुरमा ६७ जना रहेका छन् ।
बिहीबारको नियमित प्रेस बिफ्रिङपछि स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको विस्तृत विवरणमा मोरङमा १११, चितवनमा ७५, कैलालीमा ९७, रुपन्देहीमा ९८ सहित विभिन्न जिल्लामा गरी २१२० जनामा संक्रमण पुष्टि भएको छ। यससँगै देशभर संक्रमितको कुल संख्या ८४ हजार ५७० पुगेको छ ।
यसैगरी हालसम्म ६२ हजार ७४० जना निको भएका छन् भने आज थप ८ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ५२८ पुगेको छ ।
यस्तै देशभर सक्रिय संक्रमित २१ हजार ३०२ रहेका छन् भने संस्थागत आइसोलेशनमा ९ हजार ७७३ र होम आइसोलेशनमा ११ हजार ५२९ रहेका छन् ।