काठमाडौँ । साँझ नम्बर ५ प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको गाडीमाथि ढुङ्गा प्रहार भएको छ । काठमाडौंबाट बुटवल जाँदै गरेको मुख्यमन्त्री पोखरेलको गाडीमाथि बुटवलको चौराहमा ढुंगा प्रहार भएको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार मुख्यमन्त्री पोखरेलको गाडीमाथि ढुङ्गा प्रहार भएको जनाएको छ । प्रहरीले ढुंगा प्रहार गर्ने ६ जनालाई समेत पक्राउ गरेको छ ।

ढुंगा प्रहारबाट मुख्यमन्त्रीका अगुवा र पछुवा गाडीमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ । मुख्यमन्त्री सवार गाडीमा ढुंगा प्रहार भएपछि प्रहरीले केहि राउन्ड हवाई फायर समेत गरेको छ । प्रदेश ५ को राजधानी दाङको भालुवाङ प्रस्ताव गरेलगत्तै नेपाली कांग्रेससहित रुपन्देहीका संघसंस्था आन्दोलित छन् । राजधानी दाङ सार्ने प्रस्तावको विरोधमा कांग्रेस रुपन्देहीले आइतबार जिल्ला बन्द आह्वान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस !