काठमाडौं । नेपालमा एकैदिन ३ हजार ४३९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्रै १६८४जना रहेका छन् ।

यस्तै आज १४ हजार २०९ जनाको कोरोना परीक्षण भएको छ । यसैबीच पछिल्लो २४ घण्टामा थप ११२६ जना निको भएपछि निको हुनेको संख्या ६८ हजार ६६८ पुगेको छ। यसैगरी आज संस्थागत आइसोलेशनमा १० हजार ५९६ जना र होम आइसोलेशनमा १४ हजार ४११ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !