
काठमाडौं । द कपिल शर्मा सो को नक्कल गरेर नेपालमा चलाइएको मुन्द्रेको कमेडी क्लबबाट दीपाश्री बाहिरिएकी छन् । जस्ले त्यहाँबाट सबै चिज कपी त ग¥यो तर कमेडीचाहिँ कपी गर्न सकेन् । जीतु नेपालले होस्ट गर्दै आएको उक्त शोको अध्यक्ष बनाइएको थियो दीपाश्रीलाई । अहिले उनलाई त्यहाँबाट हटाएर करिस्मा मानन्धरको इन्ट्री भएको छ ।
महानायक विवाददेखि अनेकन फण्डामा मुछिएपछि सो कमेडी क्लवको प्रायोजक कम्पनीले उनलाई हटाउन दबाब दिएको बताइन्छ । पछिल्लो फण्डामा दीपाश्री मुछिएपछि युट्युबमा समेत मुन्द्रेको कमेडी क्लव हेर्ने दर्शकको संख्या घट्दै गएको थियो । करिश्मालाई अध्यक्षमा राखेर शोको ४ भागको छायांकन पूरा भइसकेको आयोजकले जानकारी दिएको छ ।