महामारी र विश्वव्यापी मन्दीले १५ करोड मानिस चरम गरिबीमा फस्न सक्ने विश्व बैंकको चेतावनी

काठमाडौं । विश्व बैंकले हालै सार्वजनिक गरेको ‘गरिबी र साझा समृद्धि रिपोर्ट’ मा यो अवधिमा ९.१ प्रतिशतदेखि ९.४ प्रतिशतसम्म व्यक्ति चरम गरिबीबाट प्रभावित हुने जनाइएको छ । अहिले विश्व बैंकले दैनिक १.९ डलरभन्दा कम आम्दानी भएकालाई चरम गरिबको रुपमा व्याख्या गर्ने गरेको छ । महामारी सुरु नभएको समयमा यस्तो गरिबी ७.९ प्रतिशतले घट्ने अनुमान गरिएको थियो । विश्व बैंकले सन् २०२१ को अन्त्यसम्म विश्वका १५ करोड मानिस ‘चरम गरिबी’ मा फस्न सक्ने चेतावनी दिएको छ । कोरोनाभाइरस र त्योसँगै आएको विश्वव्यापी मन्दीका कारण गरिबीको दर त्यसरी बढ्ने विश्व बैंकले आङ्कलन गरेको हो । गरिबी वृद्धिको यो दर २० वर्षपछिकै सबैभन्दा बढी हो ।

‘महामारी र विश्वव्यापी मन्दीले विश्वको १.४ प्रतिशतभन्दा बढी जनसंख्या चरम गरिबीमा पर्न सक्छ’, विश्व बैंक समूहका अध्यक्ष डेभिड मालपासले भने, ‘विकासको प्रगति र गरिबी न्यूनीकरणमा यो गम्भीर अवरोध उल्ट्याउन देशहरूले पूँजी, श्रम, सीप र नवीनतालाई नयाँ व्यवसाय र क्षेत्रहरुमा जान दिएर कोभिड पछाडि विभिन्न अर्थतन्त्रको तयारी गर्नु आवश्यक छ ।’ चरम गरिबी दर बढ्दो क्रममा छ, विश्वव्यापी जनसंख्याको एक चौथाईले दिनको ३.२० डलरभन्दा कम कमाउँछन् । र, ४० प्रतिशतभन्दा बढी दैनिक ५.५ डलरको दरमा आम्दानी गरिरहेका छन् । समग्रमा पछिल्लो दशकको अन्तिम क्वार्टरमा गरिबीको दर निरन्तर घट्दै गएको थियो । सन् १९९० मा १ अर्ब ९० करोड जनसंख्या चरम गरिबीमा रहेका थियो । विश्व बैंक समूहका अनुसार यो तुलनामा २०१७ मा यो संख्या ६८ करोड ९० लाखमा झरेको थियो ।

हालको रिभर्सलको पछाडि कोभिड–१९ बाहेक विश्व बैंकले सैन्य द्वन्द्व र जलवायु परिवर्तन रहेको औंल्याएको छ । अत्यन्त गरिब ग्रामीण इलाकामा प्रायः महशुस गरिन्थ्यो । तर यो अब सहरी केन्द्रहरुमा समेत फैलिसकेको छ । रिपोर्टमा भनिएको छ, ‘चरम गरिबीमा पर्नेमध्ये ८२ प्रतिशत जनसंख्या मध्यम आय भएका देशबाट हुनेछन् ।’ यो आर्थिक पूर्वानुमान विश्वका सबै देशलाई समेटेर आएको छ । ती देशहरु जसले कोभिड–१९ संक्रमणको पहिलो चरणलाई राम्रोसँग डिल गरे तर दोस्रो चरणको छालमा लपेटिए, ती देशहरु समेत यो पूर्वानुमानमा समेटिएका छन् । जोन हकिङ्सन विश्वविद्यालयको सातदिने रोलिङ–एभरेजअनुसार संयुक्त राज्य अमेरिकासहित कोभिड–१९ को प्रभाव सबैभन्दा बढी परेका १० मध्ये ८ देशमा अझै पनि यस्तो संख्या बढ्दै गएको छ ।

एबीसी न्यूजसँग हालसालै गरेको कुराकानीमा विश्व स्वास्थ्य संगठनका मार्गरेट ह्यारिसले कोभिड–१९ संक्रमणको पछिल्लो घटनालाई दोस्रो लहको रुपमा परिभाषित गर्न नहुने बताएका छन् । उनी भन्छिन्, ‘किनकी पहिले नै हामी आफ्नो घाँटीमा पुगेका छौं ।’ ‘हामीले यस भाइरससँग सुरक्षित रुपले बाँच्ने उपाय खोज्नुपर्छ । तर, बाँच्न, काम गर्न र समाजलाई क्रियाशील राख्ने कार्य जारी राख्नुपर्छ,’ उनले भनिन्, ‘हामी सुन्दैछौं कि स्वास्थ्यसम्बन्धी यी तगाराहरुले अर्थव्यवस्था रोकिरहेका छन् । यो हुँदै होइन । हामी केवल भनिरहेका छौं कि समाजलाई यस्तो तरिकाले प्रतिबन्धित गर्नुहोस्, जसले भाइरसका कारण समाजलाई कमजोर बनाउनबाट भाइरसको रोकथाम गरोस् ।’ ‘तर यो सजिलो छैन । यसका लागि धेरै नेगोसिएसन गर्नुपर्छ । यसका लागि धेरै बुझाउनुपर्छ । यसका लागि धेरै मिहिनेत र परिवर्तनको प्रतिवद्धता समेत चाहिन्छ । तर यो गर्न चाहिँ सकिन्छ’ ह्यारिसले भनिन् ।

दक्षिण एशिया र नेपालमा प्रभाव

केही दिनअघि विश्व बैंकले दक्षिण एशियाली देशमा कोरोनाको प्रभावको बारेमा रिपोर्ट सार्वजनिक गरेको थियो । सो रिपोर्टअनुसार चरम गरिबीको सीमाबाट माथि उठेका दक्षिण एशियाका लाखौं मानिसहरु सो सीमाभन्दा तल झर्नेछन् । पछिल्लो ५ वर्षमा दक्षिण एशियाली अर्थतन्त्र औसत ६ प्रतिशतभन्दा माथि थियो । सन् २०२० मा यो दर ७.७ प्रतिशतले संकुचित हुने प्रक्षेपण विश्व बैंकको रहेको छ । सन् २०२१ मा भने औसत ४.५ प्रतिशतको आर्थिक वृद्धि रहने विश्व बैंकको प्रक्षेपण छ ।

नेपालमा पनि महामारीको असरका कारण अनौपचारिक कामदार वा सामाजिक सुरक्षा र सहायतामा नसमेटिएका मानिसहरूलाई सबैभन्दा गम्भीर असर पर्ने र उनीहरू चरम गरिबीमा धकेलिने सम्भावना रहेको जनाएको छ । माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले भने, ‘उनीहरूलाई आय, सामाजिक सुरक्षा, र रोजगारी सहित सहयोग गर्नका लागि शीघ्र कार्य आवश्यक छ ।


सम्बन्धित शिषर्कहरु