
इटहरी । देह सुखमा मानिसको चाहनाको कुनै सीमा छैन । हिजोआज यौनका कुरा बढी नै आउन थालेको छ । त्यस्तै कथा छ सुनसरीको इटहरी २० तरहरास्थित एक निजी स्कुलका प्रिन्सिपलको । आफ्नै अभिभावकसँग समेत यौनलीलामा मस्त शिक्षक रमेश कार्कीको यौनलीला छरपस्ट भएको छ । विद्यालय नजिकै कोठा भाडामा बस्ने एक महिलासँग लागेका शिक्षक कार्कीले उनीसँग रोमान्स मात्र गरेनन्, समाजले थाहा पाएपछि ११ लाख क्षतिपूर्ति तिरेर प्रहरी चौकीसम्म पुगी सामसुम पारे ।
सरकारी पूर्वशिक्षक अर्थात् पेन्सन होल्डर कार्कीको यस क्षेत्रका करिब ३० जनाभन्दा बढी महिलासँग लसपस भएको भन्दै विद्यालयले उनलाई कारबाही नै गरेको छ । पूर्व प्रहरी हवल्दारकी श्रीमतीले विवाह गर्छु भन्दै बलात्कार गरेको उजुरी इलाका प्रहरी कार्यालय इटहरीमा दिएकी छन् । उजुरी परेसँगै कार्की फरार भएको इटहरीका डिएसपी अर्जुन केसीले बताए । कार्की अहिले फरार भएको र उनको खोजी भइरहेको केसीले बताए ।