काठमाडौं । कोरोनाले असहज बनाएको अवस्थामा समेत भनेजति राजश्व उठेकोमा अर्थ मन्त्रालयका ठूलाबडाहरू दङ्ग देखिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले अर्थ मन्त्रालयको जिम्मेवारी लिएको बेला समेत अधिकांशले खुरुखुरु कर तिरिरहेका छन् । असोज मसान्तभित्र सबै कर चुक्ता गर्नुपर्ने तर सरकारले म्याद नथपेकाले पनि राजश्व उठेको बताइन्छ ।

स्रोतका अनुसार असोज मसान्तभित्र कर तिर्नुपर्ने हिजोदेखिको सिष्टम नै हो । नतिरे चर्को हर्जाना बुझाउनुपर्ने व्यवस्थाले व्यवसायीहरू हतारिएका हुन् । नियमानुसार असोजभित्र गत आर्थिक वर्षको बाँकी सबै कर र विवरण बुझाउनुपर्ने हुन्छ । अहिले आयातबाट उठ्ने राजश्वभन्दा पनि मूल्य अभिवृद्धि कर र आयकर असुलीमा उल्लेख्य बृद्धि भएको हो ।

अर्कोतर्फ, असोज महिनामा सँधै सरकारको सामान्य खर्च बढ्छ । कोरोना महामारीपछि विदेशबाट प्राप्त हुने औपचारिक च्यानल (बैंकिङ) को विप्रेषण बढेको छ भने अनौपचारिक (हुण्डी) कारोबार घटेको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस !