काठमाडौं । काठमाडौं उपत्यकामा १७०२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो कुराको जानकारी दिएका हुन् ।

डा.गौतमका अनुसार काठमाडौंमा १ हजार ४ सय ३१, ललितपुरमा १२३ र भक्तपुरमा १४८ जना संक्रमित थपिएका हुन् । आज सक्रिय संक्रमितहरुको संख्या ४१ हजार ७७५ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा देशभर ३ हजार ९३ संक्रमित थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस !