काठमाडौं । कोरोना भाइरसको महामारीका कारण रोकिएको कक्षा १२ को परीक्षा मंसिर ९ गतेबाट हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले मंसिर ९ गतेदेखि कक्षा १२ को परीक्षा लिने निर्णय गरेको हो । गत बैशाखमा हुनुपर्ने परीक्षा कोरोना भाइरसको संक्रणम देखिन थालेपछि सरकारले लगाएको लकडाउनका कारण स्थगित भएको थियो । विद्यालय शिक्षाको अन्तिम परीक्षा मानिने कक्षा १२ को परीक्षा जसरी पनि लिनै पर्ने बाध्यता थियो । पुरानो कार्यविधि अनुसार परीक्षा लिन सक्ने अवस्था नभएपछि राष्ट्रिय परीक्षा बोर्डले शिक्षा मन्त्रालयको निर्देशन बमोजिम परीक्षासम्बन्धी नयाँ कार्यविधि बनाएर परीक्षा लिने निर्णयमा पुगेको हो ।

‘मंसिरको दोस्रो हप्ताबाट परीक्षा लिने योजना बनाएका छौं’, बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले भने ‘परीक्षा तालिका भोलि सार्वजनिक हुन्छ ।’ परीक्षा मंसीर ९ गतेबाट सुरु गरी एक हप्तामा सकिने गरी रुटिन तयार पारिएको छ । परीक्षासम्बन्धी नयाँ कार्यविधी अनुसार विद्यार्थीहरुले अब यो वर्षको परीक्षा आफैले पढेको विद्यालयमै दिन पाउनेछन् । यसअघिका परीक्षामा एउटा विद्यालयका विद्यार्थीको परीक्षा केन्द्र अर्को विद्यालयमा हुने गरेको थियो ।

प्रयोगगात्मक विषयको अंक भारलाई यथावत राखि सैद्धान्तिक तर्फको अंक भारलाई शत प्रतिशत मानि सो को ४०, ४० र २० प्रतिशत अंक भार निर्धारण गरिएको छ । परीक्षा नियन्त्रक शर्माले भने, ‘जसअनुसार विद्यार्थीले १०० पूर्णाकमध्ये जम्मा ४० प्रतिशतको मात्रै लिखित परीक्षा दिनेछन् । बाँकी ४० प्रतिशत कक्षा ११ को रिजल्टबाट समावेश हुनेछ भने २० प्रतिशत विद्यार्थीको आन्तरिक मूल्यांकन गरी विद्यालयले नै प्रदान गर्नेछन् ।’ परीक्षाको क्रममा जनस्वास्थ्यका सबै मापदण्ड पुरा गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस !