उपराष्ट्रपति नन्दबहादुर पुनले चाडपर्व खर्चवापत आफूलाई प्राप्त रकम ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा प्रदान गर्नुभएको छ ।

उहाँले चालु आर्थिक वर्षका लागि प्राप्त चाडपर्व खर्च रकम कोषमा प्रदान गर्नुभएको उहाँका प्रेस संयोजक मनोज घर्तीले जानकारी दिनुभयो । उपराष्ट्रपतिले सो कोषमा यसअघि पनि एक महिनाको पारिश्रमिक रकम जम्मा गरिसक्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस !