काठमाडौँ उपत्यकामा थप १ हजार ५५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १२८३, भक्तपुरमा ११२ र ललितपुरमा १५७ जनामा संक्रमण पुष्टि भएको हो । उनले पछिल्लो २४ घण्टामा थप ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको पनि जानकारी दिए ।

यससँगै कोरोना संक्रमितको कुल संख्या १ लाख ४८ हजार ५०९ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ३,२१५ जना कोरोना संक्रमण मुक्त भएका छन् भने यससँगै कोरोना निको हुनेको संख्या १ लाख २ हजार ८२० पुगेको छ ।

देशभर सक्रिय संक्रमितको ४५ हजार नजिक पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबारसम्म सक्रिय संक्रमितको संख्या ४४ हजार ८७७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस !