काठमाडौँ । पूर्वराजा ज्ञानेन्द शाहले कोरोनाभाइरसको महामारीमा नागरिक जीवन सहज र सुरक्षित बनाउन राजनीतिक दलहरु असफल भएको बताएका छन् । विज्ञप्तिमा पूर्वराजाले भनेका छन्, ‘संकटको घडीमा अभिभावको क्षमता र हैसियत स्पष्ट हुन्छ भन्ने आम मान्यताका आधारमा हेर्दा सबै नेपाली जनता अभिभावकविहीन टुहुरा बनेको पीडाबोध यतिबेला हुँदैछ ।’

विज्ञप्तिमा ‘समाजमा अनेक अपराधिक गतिविधि र पिशाच प्रवृत्ति बढ्दो छ । यसले मानसिक तनावको परिस्थिति पनि खडा गरेको छ । त्यसैले आज सबैले बढ्दो आशुरी र भष्माशुरी प्रवृत्तिबाट उन्मुक्ति चाहिरहेका छन्,’ पूर्वराजाले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस !