काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको संघीय परिषद्का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । गत कार्तिक ७ गते गरिएको स्वाब परीक्षणमा आफूलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको डा. भट्टराईले जानकारी दिएका छन् ।

भट्टराईले सामाजिक सञ्जालबाट पत्नी हिसिला यमीलाई पनि संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । चिकित्सकहरूको सल्लाह बमोजिम दुवै जना होम आइसोलेसनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !