काठमाडौँ : सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले आज शीतल निवासमा सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूबाट बडा दशैकाे टीका ग्रहण गर्नुभएको छ । त्यस क्रममा राष्ट्रपतिज्यूले टीका र जमराकाे माला लगाइदिनु भएको छ । उक्त अवसरमा प्रथम महिला श्रीमती राधिका शाक्यले पनि राष्ट्रपतिज्यूबाट बडा दशैंकाे टीका र जमरा ग्रहण गर्नुभयो ।

प्रधानमन्त्रीज्यूका पिताजी माेहनप्रसाद ओली गृहजिल्ला झापामा रहनुभएकाे हुनाले आफ्नाे निवासमा प्रथम महिला राधिका शाक्यलाई मात्र दशैंकाे टीका लगाइदिनु भएकाे छ ।

प्रतिक्रिया दिनुहोस !